Techie IT
Samayabaddha
बुधबार, २४ असार, २०८३

शिक्षक दरबन्दी पुनरावलोकन गरिने, शिक्षक बैंक स्थापना हुने


काठमाडौं, १९ वैशख । सरकारले शिक्षक दरबन्दी पुनरावलोकन गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शिक्षक दरबन्दी पुनरावलोकन गरिने बताएका हुन्।

त्यस्तै उनले शिक्षक बैंक स्थापना पनि हुने बताए। विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंक स्थापना गरिने उनको भनाइ छ।

‘भौगोलिक क्षेत्रमा आवासीय विद्यालय खोलिने छ। शिक्षक दरबन्दीको पुनरावलोकन गरिने छ। विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंक स्थापना गर्ने। शिक्षकको राष्ट्रिय मापदण्ड लागू गर्ने। उच्च शिक्षालाई अनुसन्धानमा आधारित बनाइने। शैक्षिक गुणस्तर मानक बनाएर स्थानीय तहसम्मै लागू गरिने। विश्वविद्यालय अनुदान विद्यार्थीका आधारमा वितरण गरिने छ,’ उनले भने।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट