Techie IT
Samayabaddha
शनिबार, २१ चैत्र, २०८२

तीनवटा संसदीय समितिको बैठक बस्दै


काठमाडौं, ४ जेठ । तीनवटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत आज दिउँसो साढे ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन पेस हुनेछ ।

त्यस्तै, बिहान साढे ११ बजे बस्ने विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट हालसम्म भएका कामकारबाही प्रगति एवं आगामी कार्ययोजनाबारे छलफल हुनेछ ।

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापनको स्थलगत अध्ययनको समिक्षा सम्बन्धमा छलफल हुनेछ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट