Techie IT
Samayabaddha
आईतबार, ४ जेठ, २०८२

संघीय संसदमा माओवादीको प्रश्न : झ्यापझ्याप बत्ती जान्छ के यो सरकारको आयुको संकेत हो ?


काठमाडौंं, ४ जेठ । नेकपा (माओवादी केन्द्र) का सांसद दुर्गा राईले बिजुली गइरहेको विषयलाई सरकारको आयुसँग जोडेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसद राईले झ्यापझ्याप जानु सरकारको आयुको संकेत हो भनेर प्रश्न गरेकी हुन् ।

“आजभोलि झ्यापझ्याप बत्ती जान्छ, किन सरकार ? के यो सरकारको आयुको संकेत हो ?,” उनले प्रश्न गरिन् ।

माओवादीकै सांसद सूर्यमान तामाङ दोङले पनि नेपाली जनता अँध्यारोमा बस्नुपर्ने हो भनी प्रश्न गरे । उनले ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट