Techie IT
Samayabaddha
आईतबार, ११ जेठ, २०८२

देउवाले बोलाए पदाधिकारी बैठक, गृहमन्त्रीको राजीनामा माग्ने तयारीमा शेखर प्यानल


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन् ।

गृहमन्त्रालय तथा अध्यागमन विभागका कर्मचारीहरुको भिजिट भिजाबाट दैनिक लाखौं असुल गरेको आरोपमा अख्तियारले छानविन थालेपछि मन्त्री रमेश लेखकलाई गम्भीर नैतिक संकट परेको छ ।
गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ अहिले पक्राउ परेका छन् । गृहमन्त्रीको सचिवालय पनि सो काण्डमा मुछिएको सार्वजनिक भइसकेको छ ।

गृहमन्त्री लेखक कांग्रेस सभापति देउवाको निकट पात्र हुन् । भोलि बस्ने कांग्रेस सचिवालयको वैठकमा शेखर प्यानलले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर छानविनको लागि मार्ग प्रसस्त गर्नु पर्ने आवाज उठाउने स्रोतको दावि छ । तर देउवा पक्षीय नेताहरुले भने आफू संलग्न नभएको विषयमा राजीनामा दिइ हाल्न नहुने बताउँदै आएका छन् । मन्त्री लेखक कांग्रेसको आगामी महाधिवेशनमा महासचिवको दावेदार उम्मेद्वार हुनसक्ने अड्कल काटिदै आएको थियो ।

बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने सभापतिले डाकेको बैठकले संगठन सम्बन्धमा देखा परेको समस्याको विषयमा छलफल हुने दावि गरे । ‘क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाएका हुन्’ उनले भने ।
महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्था बारे जानकारी गराउन बैठक डाकिएको पौडेलले जानकारी गराए । थापा सदस्यता व्यवस्थापन समितिको संयोजक हुन् ।

कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि असार मसान्तसम्मको समयावधि तोकेको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट