Techie IT
Samayabaddha
बिहीबार, ४ मंसीर, २०८२

राष्ट्रपतिलाई २३ जेनजी समूहको ज्ञापन, माग पूरा नभएर सरकारलाई फिर्ता बोलाउने


काठमाडौं । विभिन्न नामका २३ वटा जेनजी समूहहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई आज ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संसोधन गर्नुपर्ने लगायत ५ बुँदे माग छन् ।

जेनजी विद्रोहको जगमा बनेको सरकारले केवल एक थान चुनाव मात्रै गराउने कुरा स्वीकार्य नहुने ज्ञापनपत्रमा उल्लेख छ । सरकार दिशाहिन अवस्थामा रहेको उनीहरुले आरोप लगाएका छन् ।

‘यो विद्रोह र शहादत केवल अर्ली इलेक्सनका लागि मात्रै भएको थिएन । विद्रोहमा संलग्न जेनजीका २३ एलाइन्स, घाइते र शहिद परिवारका माग यो सरकारले तत्काल सम्वोधन गर्नुपर्छ,’ ज्ञापनपत्रमा भनिएको छ ।

यदि यो सरकारले विद्रोही पक्षका माग पूरा गर्न नसकेमा सरकारलाई फिर्ता बोलाई आफूहरुको नेतृत्वमा नयाँ सरकार गठनका लागि मध्यस्थता गरिदिन राष्ट्रपनिलाई आग्रह गरिएको छ । अन्यथा यस सरकारको विरुद्ध अर्को शान्तिपूर्ण आन्दोलन तथा दवाव कार्यक्रम गर्ने चेतावनी पनि दिइएको छ ।

ज्ञापनपत्र बुझाउनेमा जेनजी नेसनल फ्रन्ट लाइनर, जेनजीसी स्पार्क, एन टेक जेनजी, ऋणइी एसोसिएसन नेपाल, जेनजी वाइ युनाइटेड, रियल जेनजी लगायत छन् ।

ज्ञापनपत्रमा मुलुकमा भएका ठूला भ्रष्टाचारका प्रकरणमा संलग्नलाई कारवाही, जेनजी आन्दोलनमा नरसंहार गर्नेलाई कारवाही, जेन्जी घाइतेहरुको उपचार र जेनजीका सहिद परिवारको उचित क्षतिपूर्ति र भरणपोषणको पनि माग गरिएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट