Techie IT
Samayabaddha
मंगलबार, २३ असार, २०८३

जसपा, राष्ट्रिय मुक्ति र नाउपा नेपाल एकल चुनाव चिन्हमा चुनाव लड्ने


जनकपुर । जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकल चुनाव चिह्नमा गठबन्धन बनाएर आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लड्ने भएका छन्। तीन दलले आइतबार काठमाडौंमा एक सहमति पत्रमार्फत संयुक्त रूपमा चुनावमा जाने निर्णय गरेका हुन् ।

सहमति अनुसार तीनै पार्टीले नागरिक उन्मुक्ति पार्टी नेपालमा दर्ता रहेको जाँतो  चिह्नलाई साझारुपमा प्रयोग गर्नेछन्।

यी साना तीन दलले समान विचारधारा र लक्ष्य भएका अन्य राजनीतिक शक्तिहरूलाई पनि यही साझा चिह्नमा समाहित हुन आह्वान गरेका छन्।

सहमति पत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राई, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले हस्ताक्षर गरेका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट