Techie IT
Samayabaddha
शनिबार, ३ माघ, २०८२

एमालेको केन्द्रीय समिति बैठकले उल्टायो विधान अधिवेशनको निर्णय, केन्द्रीय पदाधिकारी संख्या १९ बनाइयो


काठमाडौं । नेकपा एमालेको केन्द्रयि समिति बैठकले ईश्वर पोखरेल समूहको विरोधको बावजुद विधान महाधिवेशनका निर्णय उल्टाएको छ।

एघारौं महाधिवेशनको बन्द सत्र रोकेर डाकिएको केन्द्रीय कमिटीको बैठकले पदाधिकारीको संख्या बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार अब पदाधिकारीको संख्या १९ नै हुनेछ। अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना हुने र वरिष्ठ उपाध्यक्ष नरहने गौतमले बताए।

त्यस्तै केन्द्रीय कमिटीको आकार ३ सय १ सदस्यीय हुने व्यवस्था पनि गरिएको छ। त्यसको एक तिहाई ९९ देखि १ सय १ जनासम्मको पोलिटब्युरो, त्यसको एक तिहाइ अर्थात् ३० देखि ३३ जनाको स्थायी कमिटी रहने गौतमले बताए।

यसअघि गत भदौमा भएको विधान महाधिवेशनले केन्द्रीय कमिटीको आकार २ सय ५१ सदस्यीय बनाउने, पदाधिकारी १५ मा झार्ने र स्थायी कमिटी नै नराख्ने निर्णय गरेको थियो।

केन्द्रीय कमिटी र पदाधिकारीको संख्या बढाउने निर्णयमा ईश्वर पोखरेल पक्षीय नेताहरूले विरोध गरेका थिए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट