Techie IT
Samayabaddha
शुक्रबार, १८ पुस, २०८२

अन्ततः खुले बालेन, किन सवैको आकर्षणको केन्द्रबिन्दु बने उनी ?


काठमाडौं । दलीय राजनीतिबाट वाक्कदिक्क बनेका काठमाडौं महानगरवासीको भावनालाई मध्येनजर गर्दै स्वतन्त्रको हाँगो समातेर ‘नमुनारूपी’ मेयर बन्न सफल भएका बालेन्द्र साह (बालेन) अन्ततः खुलेका छन् । आगामी दिनमा उनी दलीय नेताका रुपमा परिचित हुनेछन् । बालेन ‘देश विकास पार्टी’ र ‘लौरो’ चुनाव चिन्हमार्फत खुल्ला राजनीतिमा खुलिसकेका छन् । आउँदो फागुन २१ गतेको तयारी गरिएको आसन्न प्रतिनिधिसभा निर्वाचनमा उनी सोही पार्टीबाट भाग लिने तयारीमा छन् ।

बालेन खुलेसँगै वर्तमान नेपाली राजनीतिमा धेरैवटा पाटोहरू उजागर भएका छन् । पहिलो त फागुन २१ गते हुने भनिएको निर्वाचन करिव–करिव निश्चितजस्तै भएको छ । पहिलो, उनले निर्वाचनका पक्ष–विपक्ष सवैजसो दललाई ‘कन्भिन्स’ गराएर निर्वाचनमा जानैपर्ने माहोल सिर्जना गर्न थालेका छन् । दोस्रो, नयाँ–पुराना दलका नेताहरूलाई भेटेर एकत्रित गर्दैछन् । तेस्रो, वैकल्पिक शक्ति निर्माण गर्नसक्रिय नेता, अभियन्ता, उद्यमी–व्यवसायी, सञ्चारकर्मी तथा जेन–जी अगुवासँग हातेमालोको प्रयास गरेका छन् ।

बालेन दलीय राजनीतिमार्फत् निर्वाचनमा होमिन लागेको सार्वजनिक हुनासाथ धेरै दलको ध्यान खिचिएको छ । भारी मतले मेयर जितेका उनीसँग पार्टी एकतादेखि सहकार्य गर्नेसम्मको अघोषित गृहकार्य सुरु भइसकेको छ । मतदातामा बालेनप्रतिको आकर्षण देखेर नै बुधवार र विहीवार धेरै दलका नेता, अभियन्ता एवं विभिन्न संघ–संगठनमा आवद्ध व्यक्तित्वहरू उनले जहाँ बोलायो त्यहीँ पुगे । बालेनले मुख्यतः साथी कुमार बेनको ललितपुरको ज्वागलस्थित घरमा बुधबार अपराह्नदेखि बिहीबार अबेरसम्मै भेटघाट गरेका थिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट