Techie IT
Samayabaddha
सोमबार, २१ पुस, २०८२

नयाँ दिल्लीमा एकता सन्देश सभा, प्रचण्डले सम्बोधन गर्ने


नयाँ दिल्ली । नेपाली समाज भारतको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा “एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम” आयोजना हुने भएको छ। भारतमा बसोबास गर्दै आएका नेपाली समुदायबीच एकता, सद्भाव र सहकार्यलाई मजबुत बनाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो।

कार्यक्रममा नेपाल सरकारका पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष उपस्थिति रहनेछ। उनले प्रवासी नेपालीका साझा समस्या, नेपाल–भारत सम्बन्ध, प्रवासी समुदायका अवसर र चुनौती, साथै आपसी एकता र सहकार्यको आवश्यकताबारे सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

नेपाली समाज भारतका अनुसार भारतमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताबद्ध गर्दै सामाजिक तथा राजनीतिक चेतनाको अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो। प्रवासी नेपालीहरूको हक–हित, पहिचान र संगठनात्मक सुदृढीकरणका लागि यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास आयोजकको छ।

कार्यक्रमलाई भव्य र सफल बनाउन भारतभर रहेका सम्पूर्ण नेपाली समुदायलाई सहभागी हुन नेपाली समाज भारतले आह्वान गरेको छ।

कार्यक्रम विवरण

मिति: ०५ जनवरी २०२६, सोमवार

समय: दिउँसो १:०० बजे

स्थान: लाजपत भवन अडिटोरियम, लाजपत नगर, नयाँ दिल्ली–११००२४
(मूलचन्द मेट्रो स्टेशन नजिक)

कार्यक्रम नेपाली समाज भारतका महासचिव आरबी खड़काको संयोजनमा आयोजना हुँदैछ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट