Techie IT
Samayabaddha
शनिबार, २० असार, २०८३

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते विश्वासको मत लिने भएका छन् ।

असार २८ गते (शुक्रबार) प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रयोजनका निम्ति संसद् सचिवालयलाई पत्र पठाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेकपा एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा बुझाइसकेका छन्।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ।

गत असार १७ गते संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्य गर्ने समझदारी गरेका थिए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट