Techie IT
Samayabaddha
शुक्रबार, ५ भदौ, २०८३

प्रस्तावित प्रधानन्यायाधीश राउत र दुई राजदूत उपर सार्वजनिक उजुरी आह्वान


काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूत उपर सार्वजनिक उजुरी आह्वान गरेको छ ।

संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकले संवैधानिक परिषद्‌बाट नेपालको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउत, अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल उपर सार्वजनिक उजुरी आह्वान गर्ने गर्ने निर्णय गरेको हो ।

संवैधानिक परिषद्ले भदौ ३१ मा नेपालको प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो भने परराष्ट्र सचिव लम्साललाई मन्त्रिपरषद्को साउन ३१ को बैठकले बेल्जियमका लागि राजदूतमा सिफारिस गरेको थियो। यस्तै भदौ २४ को मन्त्रिपरषद् बैठकले यादवलाई अष्ट्रेलियाका लागि राजदूतमा सिफारिसको निर्णय गरेको थियो।

यादव कांग्रेसकी नेता तथा पूर्वउपसभामुख हुन् भने लम्साल परराष्ट्र मन्त्रालयकी सचिव हुन्।

प्रधानन्यायाधीशमा प्रस्तावित राउत, अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालका सम्बन्धमा १० दिनको समय दिएर सार्वजनिक उजुरी प्रकाशन हुनेछ। त्यसपछि थप सुनुवाइ प्रक्रिया अगाडि बढ्नेछ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट