Techie IT
Samayabaddha
शनिबार, २७ वैशाख, २०८२

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच बेइजिङमा भेटवार्ता


काठमाडौं, १८ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी सीचिनफिङबीच बेइजिङमा भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले केहीबेर अघि राष्ट्रपति सीसँग बेइजिङको देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । सो भेटका क्रममा दुई देशका अधिकारीले नौ बुँदे सहमति/समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।

दुवै देशका प्रधानमन्त्रीबिच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए।

सोमबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली यही मङ्सिर २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट