Techie IT
Samayabaddha
आईतबार, २८ मंसीर, २०८२

सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढ्यो


काठमाडौं, २८ पुस । साताको पहिलो कारोबार दिन आज सुनको मूल्य १६ सय रुपैयाँले बढेको छ।

शुक्रबार ८०० रुपैयाँले बढेको सुनको भाउ आइतबार १६ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुन एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आइतबार चाँदी १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी १ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट