Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

पूर्व राष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किनु उचित होइन : जीतजंग बस्नेत


काठमाडौं, २७ माघ । नेपाली कांग्रेसका सांसद जीतजंग बस्नेतले पूर्व राष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किनु उचित कुरा नभएको बताएका छन्। राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै उनले ठूलो ओहोदामा पुगेको व्यक्ति फेरि दलीय राजनीतिमा ओर्लनु उद्देकलाग्दो कुरा भएको टिप्पणी गरे।

सांसद बस्नेतले माओवादी केन्द्रको पार्टीको बैठकमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन उपस्थित भएकोप्रति लक्षित गर्दै सबैभन्दा ठूलो ओहोदामा पुगेको व्यक्ति पुनः पार्टीको बैठकमा उपस्थित हुनुले उदेक लागेको बताए। ​

‘पूर्व राष्ट्रपति र उपराष्ट्रपति जनताको सबैभन्दा ठूलो ओहोदामा पुगेको व्यक्ति हो। आमा बुबाको सपना मेरो छोरा राष्ट्रपति, उपराष्ट्रपति बनोस् भन्ने हो’, उनले भने, ‘त्यस्तो उच्च पदमा बसेको व्यक्तिहरू आज पार्टीको बैठकमा जाने, पार्टीको नेता बन्छु, अध्यक्ष बन्छु भनेर आउने, मलाई उदेक लाग्छ, के हो यो ?’ उनले प्रश्न गरे ।

पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन माओवादी राजनीतिमा सक्रिय भइसकेका छन् भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा फर्कने चर्चा छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट