Techie IT
Samayabaddha
आईतबार, ३१ साउन, २०८३

प्रहरीको सिआईडी हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ


तौलिहवा (कपिलवस्तु), २८ माघ । कपिलवस्तुमा प्रहरीको सिआईडी हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बाणगङ्गा नगरपालिका वडा नं २ पिपराका ३२ वर्षीय ऋषिराम घिमिरे र वडा नं २ कप्टैयाका ३२ वर्षीय जीवन थापा रहको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार उनीहरू हामी इलाका प्रहरी कार्यालय पिपराबाट आएका सि.आई.डि. हौँ तपाईँको घर कोठा खानतलासी गर्नुपर्नेछ भन्दै एक स्थानीयको घरमा प्रवेश गरी खानतलासी गरी सत्र हजार लिई हिँडेको अवस्थामा पक्राउ गरिएको बताए ।

घिमिरे र थापालाई बाणगङ्गा नगरपालिका वडा न २ राजपुरस्थित खेल मैदानमा फेला पारी पक्राउ गरिएको उनको भनाइ छ । पक्राउ परेका दुवै जनालाई ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट