राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन

काठमाडौं । राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ । निमोनियाले पीडित दाहालको हिजो उपचारकाक्रममा चाबहिलको दीर्घायु अस्पतालमा निधन भएको हो ।
पञ्चायतकाल अर्थात् २०३८ वैशाख २० गते भएको चुनावमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएकी थिइन्। दाहालले ६५ हजार सात सय ७७ मत ल्याएकी थिइन् ।
श्रेष्ठलाई हराएपछि उनी चर्चामा आएकी थिइन्। दाहाल २०२९ सालमा जोरपाटी गाउँ पञ्चायतको उपप्रधानपञ्च बनेकी थिइन् ।
अविवाहित दाहाल बहिनीको घरमा बस्ने गरेकी गोकर्णेश्वर नगरपालिका–६ का पूर्वध्यक्ष रमेश अर्यालले जानकारी दिइन् । उनको हिजो नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया