Techie IT
Samayabaddha
मंगलबार, २५ कात्तिक, २०८२

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य बुझ्न प्रधानमन्त्री कीर्तिपुर अस्पतालमा


काठमाडौं । शनिबार पोखरामा बेलुन विस्फोटको घटनामा घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् ।

प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सकेर प्रधानमन्त्री ओली कीर्तिपुर अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ ।

अस्पतालका अनुसार पौडेल र आचार्यको अवस्था सामान्य छ । तर, संक्रमण हुनसक्ने खतरालाई ध्यानमा राखेर भेटघाट भने बन्द गरिरहेको छ ।

यसअघि आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल पनि अस्पताल पुगेका थिए ।

अस्पतालले भने भिडभाडसँगै संक्रमणको पनि जोखिम बढेकाले भेटघाटका कार्यक्रम बन्द गरेको थियो ।

‘हाललाई अवस्था सामान्य भएतापनि संक्रमण हुने भएको हुदाँ हाललाई भेटघाट अर्को सूचना नआएसम्म पूर्ण रुपमा बन्द गरिएको छ,’ आइतबार अस्पतालले विज्ञप्तिमार्फत बताएको थियो ।

यद्यपि प्रधानमन्त्री ओलीले उनीहरूलाई भेटेर स्वास्थ्यअवस्थाबारे जानकारी लिएका छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट