फाखेल–मातातीर्थ सडक चैत २१ गतेसम्म बन्द
काठमाडौं । हेटौँडा–काठमाडौं जोड्ने फाखेल–मातातीर्थ सडक आउँदो चैत २१ गतेसम्म बन्द गरिएको छ ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ का वडाध्यक्ष दुतराज तितुङले सूचना निकालेर सडक मर्मतका लागि बन्द गरिएको जानकारी दिएका छन् ।
यस सडकअन्तर्गत महालक्ष्मी दोभान–घट्टेखोला–चखेल हुँदै मातातीर्थ जोड्ने सडकमा पर्ने देउराली मातातीर्थ खण्डमा सडक निर्माणको काम भइरहेको छ ।
सडक निर्माणका साथै सडक स्तरोन्नति भइरहेकाले गाडीको आवतजावत बन्द गर्नुपरेको अध्यक्ष तितुङले बताए ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया