Techie IT
Samayabaddha
आईतबार, ३१ साउन, २०८३

कैलालीमा विषादी खाएका आमा र छोरीको मृत्यु


कैलाली, १० फागुन । कैलालीमा विषादी खाएका आमा र छोरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–२ की ३४ वर्षीया मीना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरीको मृत्यु भएको हो।

घरमा शुक्रबार दिउँसो नाम नखुलेको विषादी खाएको अवस्थामा भेटिएपछि छोराले दुवैलाई अस्पताल पुर्‍याएका थिए। प्रहरीका अनुसार उपचारका क्रममा आमाछोरीकै मृत्यु भएको हो । उनीहरूको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : पालिका, समाचार, स्वास्थ्य/जीवन शैली

प्रतिक्रिया


ताजा अपडेट