Techie IT
Samayabaddha
आईतबार, ३१ साउन, २०८३

स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालन गर्नुपर्छ : तोषिमा कार्की


काठमाडौं, १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप लगाएकी छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन्।

उनले मन्त्री पौडेलले स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पुर्‍याउँछु भनेर महत्वकांक्षी सपना बाढेर अहिले बजेट अभाव देखाएर पन्छिन खाजेको आरोप लगाइन् । उनले कार्यक्रम चलेको बेलामा जस लिन खोजेको भन्दै मन्त्री पौडेललाई परिवार र मन्त्रालयबाटै स्वास्थ्य बीमा कार्यक्रम अनिवार्य गर्न सुझाव दिइन् ।

उनले भनिन्, ‘स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पुर्‍याउँछु भन्ने महत्वाकांक्षी सपना बाँड्नु हुने स्वास्थ्यमन्त्रीबाट नै अब यो भुक्तानी गर्न सकिएन, बजेट पुगेन, स्वास्थ्य बीमा बन्द हुन लाग्यो भन्ने लाचार भएर दिएको अभिव्यक्ति सुनेर अचम्म लाग्यो। चल्ने बेला चाहीँ स्वास्थ्य बीमा हामीले ल्यायौँ भनेर जस लिन खोज्ने अनि नचल्ने बेला यसलाई अलपत्र पारेर वर्षौंसम्म यसलाई हतोत्साही बनाउने बानी राम्रो भएन।’

उनले स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य/जीवन शैली

प्रतिक्रिया


ताजा अपडेट