Techie IT
Samayabaddha
बुधबार, १७ वैशाख, २०८२

गोरखामा माइक्रोबस दुर्घटना हुदाँ एकको मृत्यु, १४ जना घाइते


गोरखा, १९ फागुन । गोरखामा माइक्रोबस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

जिल्लाको शहिद लखन गाउँपालिका–३ कान्टानरमा मनकामनादेखि आँबुखैरेनीतर्फ आउँदै गरेको वान टेष्ट इभी माइक्रो सडकबाट १५ मिटर तल खस्दा एक जनाको मृत्यु भएको आँबुखैरेनी गाउँपालिका अस्पतालले जनाएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्र प्रसाद सुबेदीका अनुसार सोमबार बिहान ११ः २५ बजेको समयमा दुर्घटना परी माइक्रोमा सवार ३७ वर्षीया पदम बहादुर दर्जीको आँबुखैरनी गाउँपालिकाको अस्पतालमा मृत्यु भएको हो ।

घाइतेहरुमा चितवन खैरनी नगरपालिका–२ का २६ वर्षीया माइक्रो चालक सुमित चौधारी, सोहि ठाउँकी ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गिता परियार, १० वर्षीया रितेश परियार, १३ वर्षीया सन्ध्या परियार र २५ वर्षीया रुपा परियार रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै सोहि ठाउँकी २० वर्षीया सञ्चिता आले, ३५ वर्षीया प्रमिला राना, ४३ वर्षीया बिमला परियार, ३१ वर्षीया राजु परियार, १८ वर्षीया सुबना परियार, २१ वर्षीया अभिसेक परियार, २६ वर्षीया अनिशा परियार र ३६ वर्षीया अर्जुन परियारको आँबुखैरेनी गाउँपालिकाको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घटना घट्ने बित्तिकै नजिकै रहेको मझुबा प्रहरी चौकीको टोली घट्नस्थलमा पुगेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।


क्याटेगोरी : प्रदेश खबर, समाचार

प्रतिक्रिया


ताजा अपडेट