Techie IT
Samayabaddha
आईतबार, २१ असार, २०८३

प्रधानमन्त्री ओलीले फागुन २७ गते कोशी प्रदेशसभालाई सम्बोधन गर्ने


विराटनगर, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २७ गते कोशी प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन् । प्रदेश सरकारको‌ आज बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २७ गते प्रधानमन्त्री ओलीले प्रदेश सभामा गर्ने सम्बोधनको तयारीका लागिका प्रदेश सभालाई आग्रह गर्ने निर्णय गरेको हो।

कडा रोग लागेका बिरामीहरूका लागि दिँदै आएको सहयोग रकम वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ । ८ करोड ६० लाख रुपैयाँ थप निकासा गर्ने निर्णय गर्दै बिरामीहरूलाई सहयोग रकम वितरण गर्ने निर्णय गरेको हो।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवती रमण भण्डारीका अनुसार यो पटक सहायता रकम वितरण गरेपछि अर्को वर्षदेखि भने भन्दै तरिकाबाट सहयोग गर्ने नीति लिइने छ ।


क्याटेगोरी : प्रदेश खबर, राजनीति

प्रतिक्रिया


ताजा अपडेट