Techie IT
Samayabaddha
शनिबार, २८ चैत्र, २०८२

राजाको नामले सदन तरंगित हुनु खुशीको कुरा : सांसद ध्रुवबहादुर प्रधान


काठमाडौँ, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सदन राजाको नामले तरंगित हुनु खुशीको कुरा भएको बताएका छन्।

मंगलवार प्रतिनिधिसभाको बैठकमा उनले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गैरजिम्मेवारपूर्ण कुराहरू राखेको भन्दै आपत्ति जनाए।

उनले भविष्यमा जनताले सदनमा नपस्ने व्यवस्था गर्न सक्ने कुराको हेक्का राख्न चेतावनी दिए। उनले संविधानमा व्यवस्था परिवर्तन नहुने भन्नेकुरा नरहेको उल्लेख गरे। अहिलेको वर्तमान व्यवस्थाले देशको संरक्षण गर्न नसक्ने जिकिर गरे।

उनले आफूहरूले राम्रोसँग संविधान अध्ययन गरेको पनि बताए। उनले राजसंस्थाको उपस्थिति नभएसम्म लम्पसारवादी व्यवहार जारी रहने बताए। अरुको बुइ चढेर आएको पार्टीले देशको हित गर्न नसक्ने उनको दावी थियो।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट