Techie IT
Samayabaddha
शुक्रबार, २६ असार, २०८३

सरकारले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिने गरी ल्याउन लागेको विधेयकले व्यवस्था र पार्टीको हित गर्दैनः शेखर कोइराला


काठमाडौं, १ चैत । सरकारले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिने गरी विधेयक ल्याउने गृहकार्य गरेको भन्दै सत्तारूढ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विरोध गर्दै यसले व्यवस्था र पार्टीको हित नगर्ने बताएका छन् ।

गृह मन्त्रालयले पूर्व विशिष्टहरूका लागि आजीवन सुविधा दिने गरी विधेयक ल्याउन मन्त्रिपरिषदबाट स्वीकृति लिएको भन्दै आलोचना भइरहेको छ।

‘विनास काले विपरित बुद्धिः सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोस, सत्तारुढ पार्टीभित्र नै सरकारको कामको तीव्र विरोध र गलत तत्वहरूले सडक तताइरहेको संवेदनशील अबस्थामा अर्को दुस्कर्मको प्रयासः पूर्व विशिष्टलाई आजिवन सुविधा। यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन। सरकार, यस्ता काम अघि नबढाऊँ,’ कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

कोइरालाले बरू दिएको सुविधा पनि घटाउन आग्रह गरेका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट