Techie IT
Samayabaddha
आईतबार, २३ कात्तिक, २०८२

योगी आदित्यनाथ र ज्ञानेन्द्र शाहबीच कस्तो सम्बन्ध ?


काठमाडौं, १ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहको नेपालको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग व्यक्तिगत सम्बन्ध रहेको बताइन्छ।

कट्टर हिन्दूवादी नेताको छवि भएका आदित्यनाथलाई भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट मानिन्छ। उनी गोरखनाथ पीठका प्रमुख पनि हुन्। नेपालका शाहवंशीय राजाहरूले गोरखनाथलाई गुरु मान्दै आएका छन्।

केही दिन अघि पूर्वराजाको समर्थनमा काठमाडौंमा निस्किएको र्‍यालीमा एक जनाले योगी आदित्यनाथको तस्बिर बोलेको देखिएपछि प्रधानमन्त्री केपी ‌ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले त्यसबारे टिप्पणी गरेका थिए।

नेपाल र भारतमा समेत टिप्पणीको विषय बनेको उक्त तस्बिरबारे प्रचण्डले संसद्‌मा भनेका थिए, ‘मुख्य कुरा त्यहाँ फोटो ज-जसको टाँसिए पनि त्यहाँ उत्रिएको त नेपाली जनता नै हो नि।’ भारतका लागि पूर्वराजदूत बराल भारतका कतिपय हिन्दू योगीहरू नेपालमा हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा देखिएको बताउँछन्।

‘संविधान बनाउँदा पनि भाजपाले हिन्दू गणतन्त्रको कोसिस गरेको थियो, त्यस बेला सम्भव भएन। केही व्यक्तिको, योगी आदित्यनाथको होला। हिन्दूराष्ट्रबारे राष्ट्रिय स्वयंसेवक सङ्घ पनि खुलेरै देखिएको छ। राजा फर्काउनेमा भाजपाको नहोला,’ बरालले भने। ‘तर नेपालमा परिवर्तनको वातावरण नबनेसम्म त्यसले मात्रै काम गर्दैन।’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट