Techie IT
Samayabaddha
शनिबार, २८ असार, २०८२

गर्जिए प्रचण्ड : ‘पाँच वर्ष शासन गर्न पाएको भए भाइमाराहरूलाई कारागारमा कोच्ने थिएँ’


काठमाडौं, १ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कडा चेतावनी दिएका छन् ।

शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति इङ्कित गर्दै भने, ‘तिम्रा आसेपासेले तिमीलाई उचालेका छन् । विदेशीको एक दुई फोटो टाँस्दैमा फर्कन सक्छु भन्ने लागेको होे भने होसियार, तिम्रो दिवास्वप्न पूरा हुँदैन ।’ उनले भने, किनभने मूर्ति चोर को हुन्, नेपालका ठूलठूला मूर्ति चोरहरू अहिले राजा रु भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सियो भन्ने ठानेको ?’

‘इतिहासमा हजारौं जनताका छोराछोरीको बलिदानबाट प्राप्त लोकतन्त्र १०, १५ हजार मान्छे उफार्दैमा उल्टाउन सम्भव नभएको उनको भनाई थियो । इँटको जवाफ पत्थरले दिन माओवादी र समाजवादीहरू तयार भएको उनले चेतावनी दिए ।

आफू पहिलोपटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको छानबिन गर्नुपर्छ भनेको स्मरण गर्दै भने, ‘पाँच वर्ष शासन गर्न पाएको भए भाइमाराहरूलाई कारागारमा कोच्ने थिएँ ।’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट