Techie IT
Samayabaddha
शनिबार, १३ भदौ, २०८३

दलितका लागि अधिकार खोज्दै नयाँ बानेश्वरमा अर्धनग्न प्रदर्शन


काठमाडौं, ८ चैत । अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका अवसरमा काठमाडौंमा अर्धनग्न प्रदर्शन भएको छ।

शुक्रबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म दलितका लागि दलित अभियान, नेपालले प्रदर्शन गरेको हो। प्रदर्शनमा अभियन्ता खगेन्द्र सुनारलगायत करिब २० जनाको संख्यामा सहभागी थियो।

अभिन्यता सुनारले ‘दलितका लागि खोइ ?’ भन्ने पम्प्लेट बोक्दै लामो समयदेखि दलित अधिकारको माग गर्दै सडकमा प्रदर्शन गर्दै आएका छन्।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट