मधेश प्रदेशसभाको अधिवेशन अन्त्य

काठमाडौं, ३१ चैत । मधेश प्रदेशसभाको चौथो अधिवेशन अन्त्य भएको छ ।
मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन् ।
‘मन्त्रिपरिषद् बैठकको निर्णयानुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अधिवेशन अन्त्य गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
क्याटेगोरी : प्रदेश खबर, राजनीति
प्रतिक्रिया