Techie IT
Samayabaddha
सोमबार, २९ वैशाख, २०८२

मकवानपुरको भीमफेदीमा अटो दुर्घटना हुँदा दुई जना घाइते


हेटौँडा, २९ वैशाख । मकवानपुरको भीमफेदी गाउँपालिका–५ सुपिङमा अटो दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । दुर्घटनामा मकवानपुर भिमफेदी–५ सुपिङ बस्ने ४४ वर्षीय लीलानाथ पुडासैनी र सोही स्थान बस्ने ३३ वर्षीय लक्ष्मी वाइबा घाइते हुनुभएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी वरिष्ठ उपरीक्षक प्रवक्ता एवम् सूचना अधिकारी सञ्जय सिंह थापाले जानकारी दिए ।

पुडासैनीको बायाँ खुट्टामा चोट लागेको छ । उनको हेटौँडा अर्थोपेडिक अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि बि एण्ड बि अस्पताल काठमाडौँमा रिफर गरिएको छ । बाइवाको बायाँ हातमा चोट लागेको छ । उहाँको हेटौँडा अस्पतालमा उपचार भएको थियो ।

भिमफेदी सुपिङभित्रि सडकखण्डमा सुपिङबाट भीमफेदी आउँदै गरेको ना।२ ह २६९८ नम्बरको अटो ब्रेक फेल भएर सडकमा पल्टिँदा दुर्घटना भएको थियो । अटोमा चार जना सवार थिए । अटो चालक सम्पर्कमा नरहेकाले खोजतलास कार्य भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।


क्याटेगोरी : पालिका, समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट