Techie IT
Samayabaddha
सोमबार, २९ वैशाख, २०८२

सुनको मूल्य प्रतितोला तीन हजार ७०० रुपैयाँ घट्यो


काठमाडौं, २९ वैशाख । नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन हजार ७०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुन प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य १० रुपैयाँ घटेर एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट