Techie IT
Samayabaddha
मंगलबार, ३० वैशाख, २०८२

थुनुवाको होस् या कैदीबन्दी, मानवअधिकारबारे सरकार सचेत छ : गृहमन्त्री लेखक


काठमाडौं, ३० वैशाख । गृहमन्त्री रमेश लेखकले थुनुवा र कैदीको मानवअधिकारका सवालमा सरकार सचेत रहेको बताएका छन् । कारागार कार्यालय मोरङको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले लोकतन्त्रमा मानिसको मानवअधिकार सबैभन्दा ठूलो भएको बताए ।

“मानव अधिकारका लागि लोकतन्त्र चाहिएको हो । थुनुवाको होस् या कैदीबन्दी, मानवअधिकारबारे सरकार सचेत छ,” उनले भने ।

गृहमन्त्री लेखकले कारागारमा कैदी बन्दीको संख्या बढी हुँदा केही जोखिम रहेको बताए । “यसको निराकरणका लागि कारागारलाई व्यवस्थित गर्ने काम अगाडि बढेका छन् । त्यसकै उदाहरणका रूपमा यो कारागार भवनलाई लिन सकिन्छ,” उनले भने ।

खुला कारागारको अवधारणालाई अगाडि बढाउन आवश्यक भएको गृहमन्त्री लेखकको भनाइ छ ।

“कारागार मात्रै होइन सुधारगृहका रूपमा विकास गर्ने कुरा छ । सँगसँगै उद्योगग्रामका रूपमा पनि विकास गर्न जरुरी छ,” उनले भने, “मानिस कैदीबन्दीका रूपमा कारागारमा बसिसकेपछि कुनै न कुनै सीप सिकेर केही न केही उत्पादन गर्छ । मानिस उत्पादनसँग जोडिन्छ । त्यसैले कारागारलाई उद्योगका रूपमा विकास गर्ने कोसिस गरिरहेका छौँ ।”

मोरङ कारागारमा अत्याधुनिक मेसिनबाट कैदीबन्दीले कपडा बुन्ने काम भइरहेको गृहमन्त्रीको भनाइ छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट