Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्नुले राष्ट्रकै बेइज्जत भयो : रेखा शर्मा


काठमाडौं, ३१ वैशाख । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्नुले राष्ट्रकै बेइज्जत भइरहेको टिप्पणी गरेकी छन् । आज प्रतिनिधिसभा बैठकमा उनले बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारणसमेत माग गरिन् ।

“दुई तिहाइको बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारण के होला ? गभर्नर नियुक्तिको विषयमा बाहिर जुन स्थिति देखिएको छ । सरकारमा आबद्ध दलको दलगत स्वार्थ नमिलेर अथवा विभिन्न कारणले गभर्नर नियुक्त भएको छैन भन्ने कुरा बाहिर आएको छ । यसले राष्ट्रको बेइज्जत भइरहेको छ,” उनले भनिन् ।

उनले राष्ट्रको बेइज्जत नगर्न र योग्य व्यक्तिलाई गभर्नर बनाउन आग्रह गरिन् ।


क्याटेगोरी : अर्थ, राजनीति

प्रतिक्रिया


ताजा अपडेट