Techie IT
Samayabaddha
आईतबार, ४ जेठ, २०८२

राष्ट्रिय सहमतिको सरकार निर्माणको आवश्यकता बढ्यो : कांग्रेस सांसद सञ्जय गौतम


काठमाडौँ, ४ जेठ । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले राष्ट्रिय सहमतिको सरकार निर्माणको आवश्यकता बढ्दै गएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गौतमले जनतालाई आशावादी बनाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका हुन् ।

निश्चित दूरीसम्म राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्न सकेमात्रै अहिले देखिएका यावत समस्या समाधान गर्न सकिने गौतमले बताए । ‘सरकार सरकारजस्तो भएर चलेको छैन । संसद् संसद्जस्तो भाइब्रेन्ट छैन । न्यायपालिकाबाट जनताले निष्पक्ष न्याय पाउन नसकिएको गुनासो गरिरहेका छन्,’ सांसद गौतमले भने, ‘तसर्थ अहिलेका समस्यालाई समाधान गर्न र मुलुकलाई अग्र गतिमा लैजान राष्ट्रिय सहमतिको आवश्यकता छ ।

संघ र प्रदेशमा गरेर ८ सरकार र ८ संसद् भए पनि ती सँग जनता आशावादी नभएकाले उनीहरूलाई आशावादी बनाउने कार्यक्रम ल्याउने सहमतिको आवश्यकता रहेको गौतमको भनाइ छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट