प्रचण्डलाई काँक्रो उपहार

दैलेख, ४ जेठ । नेकपा माओवादी पार्टीका अध्यक्ष प्रचण्ड लाई स्थानीइ कृषकले काँक्रो उपहार दिएका छन् ।
सो पार्टीद्वारा सञ्चालित मध्यपहाडी लोकमार्ग केन्द्रित जनअभियानका क्रममा दैलेख सदरमुकाम जाँदै गर्दा चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, जम्बुकाँधमा एक जना स्थानीय किसान नगेन्द्र खड्काले प्रचण्डलाई काँक्रो उपहार दिएका हुन् ।
खड्का खेती–किसानीमार्फत जीवन निर्वाह गर्दै आएका उनले देशका पूर्वप्रधानमन्त्री प्रचण्डलाई आफ्नै मिहिनेतले उब्जाएको काँक्रो उपहार दिन पाउँदा खुसी व्यक्त गरे ।
उक्त काँक्रो नेता–कार्यकर्ताले खाएको जनाइएको छ ।
क्याटेगोरी : जनमञ्च, राजनीति
प्रतिक्रिया