Techie IT
Samayabaddha
आईतबार, ४ जेठ, २०८२

सामाजिक सुरक्षा भत्ताको उमेर ७० वर्ष बनाउन एमालेका सांसद भीम आचार्यको सुझाव


काठमाडौं, ४ जेठ । नेकपा (एमाले) का सांसद भीम आचार्यले सामाजिक सुरक्षा भत्ताको उमेर ७० वर्ष बनाउन सुझाव दिएका छन् । उनले आइतबार प्रतिनिधिसभा बैठकमा सरकारले बजेट बनाउँदा ध्यान दिनुपर्ने सुझाव दिए ।

“सामाजिक सुरक्षा भत्ताको उमेर ७० वर्ष बनाउने, दोहोरो सुविधा बन्द गर्ने, त्यसलाई क्रमशः योगदानमा आधारित बनाउँदै जाने,” उनले भने ।

उनले कर्मचारीको अवकाश उमेर ६२ बनाउनुपर्ने पनि बताए । उनले लोकल मदिराको ब्रान्डिङ गनुपर्नेमा पनि जोड दिए । आयातित मदिरामा कर ५० प्रतिशतले वृद्धि गनुपर्ने उनको सुझाव छ ।

सांसद आचार्यले औषधिजन्य प्रयोजनका लागि गाँजाखेती खुला र प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट