Techie IT
Samayabaddha
आईतबार, ४ जेठ, २०८२

नेपाली कांग्रेसका सात जना नेताले सातै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गर्ने


काठमाडौं । नेपाली कांग्रेसका सात नेताले सबै प्रदेशमा अन्तरक्रिया राख्ने भएका छन् । पूर्व पदाधिकारीहरूको १५ औं महाधिवेशनमा छुट्टै प्यानल खडा गर्ने गरी निरन्तर छलफलमा रहेका नेताहरूको आइतबारको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार काठमाडौंसहित सातै प्रदेशमा अन्तरक्रिया गर्ने सहमति बनेको जानकारी गराए ।

‘सातै प्रदेशमा अन्तरक्रिया गर्ने कुरा भएको छ । कहाँ कहिले गर्ने छिट्टै निर्णय लिन्छौं,’ बैठकमा सहभागी ती नेताले भने, ‘हामी एकै ठाउँमा छौं । मिलेर जान्छौं भन्ने सन्देश दिनेगरी कार्यक्रम गर्न लागेका हौं ।’

उनका अनुसार यसै महिनाको महिनाको अन्त्यतिरबाट प्रदेशगत कार्यक्रम सुरु गरिने छ । पार्टीको कुनै संरचना आयोजक बनाएर कार्यक्रम राखिने ती नेताले जानकारी गराए ।

नेता गोपालमान श्रेष्ठको पहलमा पूर्व सात पदाधिकारीको बैठक आज सानेपा बसेको थियो । उक्त बैठकमा नेताहरु विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा। शशांक कोइराला, श्रेष्ठ र पार्टी प्रवक्ता डा. प्रकाशशरण महत सहभागी थिए ।

विजय गच्छदार भने आजको बैठकमा उपस्थित थिएनन् ।

महाधिवेशन केन्द्रित समीकरण बनाउने गरी सात नेताहरूको बैठक निरन्तर बस्दै आएको छ । नेताहरूका अनुसार १५/१५ दिनमा समूहको बैठक बस्ने मोटोमोटी सहमति बनेको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट