Techie IT
Samayabaddha
शनिबार, २८ भदौ, २०८२

हामीले जित्यौं पनि, हार्याै पनि


नारायण पौडेल

नेपालको इतिहासमा एकै दिनमा सत्ता उलटपुलट भएको इतिहास रचिदै थियो । प्रणालीलाई कब्जा गरेर मनपरि गर्ने ठूला दल र तिनका नेता विस्तापित भएको नयाँ अध्याय इतिहासमा दर्ज हुँदै थियो । नयाँ पिढी जित्दै थियो । नेतृत्वमा नयाँपन र कार्यशैलीमा पृथकता खोजेको समाजको प्यास मेटिने गरी मूल फुट्दै थियो । किशोर किशोरीको रगतले नयाँ नेपाल लेखिदै थियो । नातिनातिना पुस्ताको हातमा देशको भाग्यभविष्य जाँदै थियो ।

तर, भोलिपल्टै देशैभरि कालो बादल मडारियो । प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि र नवपिढीले आन्दोलनकारीलाई घर फर्कन भनेपछि देशले थप क्षति ब्योहोर्न प¥यो । देशकै गौरबपूर्ण संरचना सिंहदरबार ध्वस्त बनाइयो । कानूनी केन्द्र सर्वाेच्व अदालत खरानी भयो । कैयौं प्रहरी जवान मारिए । किशोरीहरु होस्टेलभित्रै बलात्कृत भएका सुनिनसक्नुका आवाज सुनिए । हुनुनहुनु सबथोक भए ।

राज्यको आमूल परिवर्तनका लागि गरिएको आन्दोलनको आवरणमा राज्यका ३ प्रमुख अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका भौतिक संरचना नामेट बनाइए । संस्थासंग संस्थागत मेमोरी हुन्छ । भौतिक सम्पत्ति ऋणमाथि ऋण थपेर बनाउँला । तर, ऐतिहासिक कागजात र रेकर्ड कहाँबाट ल्याउँला ? विश्वबारे बुझेको नवपिढीले संस्थागत मेमोरीबारे ज्ञान राख्दैन भनि कसरी मन बुझाउने ?

०६२/०६३ सालको जनआन्दोलनमा जनधनको धेरै क्षति हुन नदिइ १९ दिनसम्म आन्दोलन थेगेको सुरक्षा निकाय १ दिनमै किन हायलकायल भयो ? पहिलो दिन अत्याधिक बल प्रयोग गर्न उध्दत सुरक्षा फौज दोस्रो दिन जनधनको क्षति कम गराउन किन चुक्यो ? १९ दिने महासमरमा नारायणहिटी जोगाउन सफल सेना नाकै मुन्तिरको सिंहदरबार दन्किदा किन गतिशिल देखिएन ? आफ्नै आँगनसँग जोडिएको अदालत जल्दैगर्दा जंगी अड्डा किन आकस्मिकतामा गएन ?

हो, हामी सिंहदरबारमा आसिन अंहकारीबाट आजित भएकै हौं । निरन्तर खबरदारी गरेका पनि हौं । किनकी सिंहदरबार हाम्रो पनि हो भन्ने थियो । न्यायलयको सुद्धिकरणका लागि सुसेले कै हो । किनकी, केही परिहाले न्याय पाइन्छ भन्ने विश्वास जगाउनु थियो । तर, न्यायलयकै बध गरेर न्यायको याचना ?? यो हाम्रो अपेक्षा थिएन, नत युवा पिढीको सपना । सपना झैं अनपेक्षित घटना कसरी भए ?

हामीले केपी ओलीको बहिर्गमन खोजेका थियौं । शासनपद्धतिमा सुधार गर्न चाहेका थियौं । तर, बालुवाटारसँग हाम्रो भैरभाव थिएन । हामी हाम्रै बैरी हाम्रै विवेगले भयौं त ? हिजो कसैले आवेगमा सिंहदरवार जलाइदिन्छु भन्यो । आज कसैले बास्तवमै जलाइदियो । हामीले खोजेको नयाँ यस्तै हो त ? सबै कुरा खरानी बनाएर छुमन्तरमा देश निर्माण गरिदिने कोही नायक खोज्न अभिसप्त किन भयौं हामी ?

प्रश्नैप्रश्नको बिचमा अर्काे प्रश्न पनि छ । के ओलीहरुको अहंकार समाप्त भयो ? छैन । ओली आफुले पद त्याग्न परे कुर्सी भाँचिदिने सोचमा थिए । उनी त्यसमा सफल भए । उनले ब्यवस्था नै कोमामा पु¥याएर हिंडे । आन्दोलनकारीले स्वामित्व लिन नसक्ने गरी आग्जनी र अराकता भएपछि, सुरक्षा निकाय निष्क्रिय जस्तो रहेपछि उनले केही पछि अहंकार गर्दै भन्न पाए बाह्य षडयन्त्र भयो !
उहाँको फेसबुक वालबाट


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट