चियुवानमा ‘बाँदर राजा’ महोत्सव : नेपाल–चीन सांस्कृतिक सम्बन्ध सुदृढ
	
				
			चीनको चियुवान शहरमा “चीनको बाँदर पर्वत, चियुवानको सांस्कृतिक शोभा” भन्ने नारासहित पहिलो राष्ट्रिय महान् संस्कृति तथा कला सप्ताह र चीनको बाँदर पर्वतमा बाँदर राजा प्रतियोगिता २० सेप्टेम्बरमा उद्घाटन गरिएको छ । कार्यक्रममा ‘लियु स्याओलिङथङ कार्यशाला’ र ‘चियुवान सांस्कृतिक–पर्यटन लगानी समूह’ले संयुक्त रूपमा आयोजना गरेको यस महोत्सवले चीनको परम्परागत संस्कृतिको उत्थान, चियुवानको सांस्कृतिक–पर्यटन प्रवर्द्धन र “हनान घुमौँ, चीन बुझौँ” अभियानलाई नयाँ ऊर्जा दिने उद्देश्य राखेको आयोजकले जनाएका छन् ।
महोत्सवको उद्घाटन कार्यक्रममा बाँदर नाच, युद्धकला, लोकनृत्यजस्ता मनमोहक प्रस्तुति देखाइएका थिए । करिब तीन सय देशभरका ‘सुन्दर बाँदर राजाहरू’को सामूहिक उपस्थितिको प्रदर्शन यस महोत्सवको मुख्य आकर्षण बन्यो । कार्यक्रममा चीन–नेपालका कलाकार र सांस्कृतिक दूत लियु स्याओलिङथङको पनि उपस्थिति थियो ।
यस अवसरमा चीनको बाँदर पर्वत र नेपालको प्रसिद्ध स्वयम्भूनाथ बाँदर मन्दिरबीच भिडियो सम्वाद गरिएको थियो। यी दुई स्थलभौगोलिक रुपमा हजारौं माइल टाढा भए पनि “वानर”को आध्यात्मिक प्रतीकले दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ गहिरो बनाएको छ ।
चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौडेलले भने, “नेपाल र चीनबीच सभ्यताको प्रारम्भदेखि नै गहिरो सांस्कृतिक सम्बन्ध रहेको छ । बुद्ध, कन्फ्युसियस र महामञ्जुश्री जस्ता ऐतिहासिक व्यक्तित्वहरूले दुवै देशबीचको सम्बन्धलाई विश्वस्तरमा महत्त्वपूर्ण योगदान दिएका छन् । दुवै पक्षले यस सम्बन्धलाई अझ मजबुत बनाउन र जनस्तरमै गहिरो पार्न निरन्तर काम गर्नुपर्छ । २०१८ मा बेइजिङस्थित दूतावासमा लियु स्याओलिङथङले नेपाली पर्यटन प्रवर्द्धनमा दिएको योगदान अविस्मरणीय छ । ‘साथै साँस्कृतिक ‘सुन्दर चियुवान’ कार्यक्रमको पूर्ण सफलता र नेपाल–चीन मैत्री अमर रहोस् भनी शुभकामना व्यक्त गर्दछु ।”
त्यस्तै, चीनका लागि अर्का पूर्व नेपाली राजदूत टंक कार्कीले भने, “मञ्जुश्री बोधिसत्वको वुटाइ पर्वतबाट नेपाल भ्रमण गर्ने किंवदन्ती र फासियान तथा ह्वेनसाङका ऐतिहासिक भ्रमणहरूले चीन–नेपाल सम्बन्धको गहिराइ देखाउँछन । लियु स्यालिङको अभिनयले सुन वुकोङलाई जीवन्त बनाएको छ र जनस्तरमै सम्बन्धलाई मजबुत पारेको छ । लियु स्याओलिङथङको अभिनयले सुन बुकाेंगलाई जीवन्तबनाएको छ र जनस्तरमै मित्रतालाई मजबुत पारेको छ ।”
चीनका लागि अर्का पूर्व नेपाली राजदूत विष्णु प्रसाद श्रेष्ठले भने, “टेलिभिजन, रेडियोलगायत माध्यमबाट सुन वुकोंगको चरित्र नेपालको युवा पुस्तामा लोकप्रिय भएको छ । चीनमा बाँदर विद्रोह, न्याय र शक्तिको प्रतीक मानिन्छ भने नेपालमा बाँदर बौद्ध धर्ममा संरक्षक र हिन्दू धर्ममा हनुमानसँग जोडिन्छ । यसले जनस्तरमै सम्बन्ध अझ गहिरो बनाउनेछ ।”
धुलिखेलका प्रथम उपमेयर सुवासकाज्री श्रेष्ठ, सो कार्यक्रमका चीन–नेपाल समन्वयकर्ता, ले भने, “स्वयम्भूनाथ महाचैत्य र चीनको बाँदर पर्वत दुवै २५०० वर्षको बौद्ध ज्ञानको प्रतीक हुन् । बाँदरले मानव, प्रकृति र आध्यात्मिकताको समन्वय जनाउँछ । लियु स्याओलिङथङले आफ्नो कलात्मक शैलीमार्फत दुवै देशका जनताको हृदय नजिक्याएका छन् ।”
कार्यक्रममा “पश्चिम यात्रा सांस्कृतिक आदानप्रदान केन्द्र”को पनि उद्घाटन गरियो । लियु स्याओलिङथङले सुन वुर्कोंगको पोशाकमा करिब तीन सय जना ‘बाँदर राजाहरूसँगै’ थाउटुपहाडमा विश्व कीर्तिमान कायम गरे ।
महान् पण्डित संस्कृति तथा कला सप्ताह २७ सेप्टेम्बरसम्म चल्नेछ । यस अवधिमा लोककथा, कला प्रदर्शन, अन्तर्राष्ट्रिय संवाद, सांस्कृतिक–पर्यटन प्रवर्द्धन र विद्यालयस्तरीय कार्यक्रमहरू सञ्चालन हुनेछन् । आयोजकहरूले चियुवानलाई सांस्कृतिक नवप्रवर्तन र आदानप्रदानको केन्द्रका रूपमा पुनः स्थापित गर्ने र “सुन्दर बाँदर राजा”लाई विश्वसभ्यताबीचको पुलका रूपमा प्रस्तुत गर्ने लक्ष्य राखेका छन् ।
क्याटेगोरी : समाचार


				
				
				
				
				
				















प्रतिक्रिया