Techie IT
Samayabaddha
सोमबार, २३ चैत्र, २०८२

बारामा आमा-छोरा हत्या प्रकरण : दुबईबाट फर्किएका युवक पनि जोडिए, बुहारी पक्राउ


काठमाडौं । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा दुई जनाको हत्या भएको घटनामा बुहारी र अर्का एक युवक पक्राउ परेका छन् ।

बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा सुमित्रा देवी मण्डल र उनका छोरा रामेश्वर मण्डलको हत्या भएको थियो । बुधबार बिहानीपखका राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको थियो । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

आक्रमणबाट ५० वर्षीय श्रीमान् जगरुप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी मण्डल घाइते भएका छन् । उनीहरूको एलएसआर न्यूरो अस्पताल परवानीपुरमा उपचार भइरहेको छ ।

घटनामा संलग्न भएको आरोपमा उनीहरूकै बुहारी र अर्का एक युवकलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेका ती युवक २६ जनवरी ९१२ माघ० मा मात्रै दुबईबाट नेपाल आएको जनाइएको छ ।

दुबईको सारजाह विमानस्थलबाट काठमाडौं ओर्लिए लगत्तै ती युवक बारा पुगेका थिए । त्यसपछि बुहारीकै मिलेमतो र योजनाअनुसार आमाछोराको हत्या भएको आशंका प्रहरीले गरेको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया


ताजा अपडेट