Techie IT
Samayabaddha
बुधबार, २० फागुन, २०८२

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ८ अर्ब २२ करोड


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ५३ अङ्कले बढेर २ हजार ६९५ दशमलव ७३ बिन्दुमा कायम भएको छ ।

आज विभिन्न ३३० कम्पनीका एक करोड ७५ लाख ७ हजार ७७६ कित्ता शेयर ९१ हजार ६१ पटक खरिदबिक्री हुँदा ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । साथै एसवाइ प्यानल नेपाल लिमिटेड, श्रीनगर एग्रोटेक इन्ड्रस्टिज लिमिटेड र हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रू ४१ करोड ४९ लाख ९९ हजार ६६२ बराबरको १२ लाख ५२ हजार ६६९ कित्ता शेयर किनबेच भएको छ ।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया


ताजा अपडेट