एमाले उपाध्यक्ष पौडेलद्वारा मतदान
लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा रूपन्देही क्षेत्र न। २ का उम्मेदवार विष्णुप्रसाद पौडेलले मतदान गरेका छन् ।
उनले आफ्नै निर्वाचन क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिका–८ स्थित सडक डिभिजन कार्यालयको मतदान केन्द्रबाट बिहान ०७ः ०५ बजे मतदान गरेका हो ।
मतदान पछि सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियामा नेता पौडेलले मतदानलाई शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सबैलाई आव्हान गरे ।
क्याटेगोरी : राजनीति


















प्रतिक्रिया