Techie IT
Samayabaddha
शुक्रबार, २२ फागुन, २०८२

काठमाडौं-१ मा रञ्जु दर्शनाले कटाइन् साढे १० हजार मत, मिश्रले कति पाए ?


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले १० हजार ५८१ मत प्राप्त गरेकी छिन् । २० हजार ४८८ मत गणना हुँदा उनले सो अनुसार मत प्राप्त गरेकी हुन् ।

यस्तै, नेपाली कांग्रेसका प्रबल थापाले ४ हजार ७३३ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रविन्द्र मिश्रले २ हजार ७४४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नेकपा एमालेका मोहन रेग्मीले ८६५ मत र नेपाली कम्युनिष्ट पार्टीकी कृतु भण्डारीले २१८ मत प्राप्त गरेका छन् ।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया


ताजा अपडेट