काठमाडौं-५ मा रास्वपाका सस्मित पोखरेलको अग्रता, कांग्रेसका प्रदीप पौडेल पछाडि
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सस्मित पोखरेलले प्रतिस्पर्धीसँगको मतान्तर बढाउँदै गएका छन्।
पछिल्लो मत परिणाम अनुसार ६ हजार ८३४ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले २ हजार २३१ मत प्राप्त गरेका छन्।
उनीहरूबीच ४ हजार ६०३ मतको मतान्तर छ। त्यस्तै तेस्रो स्थानमा नेकपा एमालेका ईश्वर पोखरेल छन्। उनले एक हजार २०७ मत प्राप्त गरेका छन्।
राप्रपाका कमल थापाले ३०८ मत प्राप्त गरेका छन्।
क्याटेगोरी :
राजनीति


















प्रतिक्रिया