काठमाडौं-१ मा समानुपातिक तर्फको मतगणना सुरु
काठमाडौं । प्रत्यक्षतर्फको मतगणना सकिएको काठमाडौं–१ मा समानुपातिकतर्फको मतगणना सुरु भएको छ । भर्खरै समानुपातिक तर्फको मतगणना सुरु भएको हो ।
काठमाडौं-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना निर्वाचित भएकी थिइन् ।
यस्तै प्रत्यक्षतर्फको नतिजा आइसकेको मुस्ताङमा पनि समानुपातिकतर्फको मतगणना सुरु हुने जनाइएको छ । त्यहाँ कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भइसकेका छन् ।
क्याटेगोरी :
राजनीति



















प्रतिक्रिया