रास्वपाको लहरमा कांग्रेसका दुबै महामन्त्री पराजित
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा देखिएको जनलहरले स्थापित राजनीतिक दलका शीर्ष नेताहरूलाई समेत पराजित गर्न थालेको छ । यही लहरका कारण नेपाली कांग्रेसका बहालवाला दुई महामन्त्री नै रास्वपा उम्मेदवारसँग भारी मतान्तरले पराजित भएका छन् । काठमाडौं–५ र मोरङ–४ मा आएको नतिजाले कांग्रेसका शीर्ष नेतृत्वलाई नै गम्भीर धक्का दिएको छ ।
काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेल ३० हजार ७३७ मतसहित विजयी हुँदा कांग्रेसका महामन्त्री प्रदीप पौडेल ९ हजार १५९ मतमा सीमित भए । त्यसैगरी मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मतसहित विजयी हुँदा कांग्रेसका महामन्त्री गुरुराज घिमिरे १२ हजार ८१८ मत मात्र प्राप्त गर्दै २८ हजारभन्दा बढी मतान्तरले पराजित भए ।
मतगणना अझै जारी नै छ । हालसम्म २० स्थानको नतिजा घोषणा गरिएकामा रास्वपा १५, नेपाली कांग्रेस ३, एमाले १ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले स्थानमा विजयी हाँसिल गरेका छन् ।
क्याटेगोरी :
राजनीति


















प्रतिक्रिया