नेमकिपाको किल्लामा रास्वपाका रुकेश रञ्जित विजयी
भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुकेश रञ्जित विजयी भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार रञ्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दै जीत हात पारेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरेका छन् ।
२०४८ सालदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले जित्दै आएको उक्त क्षेत्रमा यस पटक भने परिणाम फेरिएको छ । मतगणना सुरु भएदेखि नै रास्वपाका उम्मेदवार रञ्जितले लगातार अग्रता कायम गर्दै अन्ततः जित हात पारेका हुन् ।
क्याटेगोरी :
राजनीति


















प्रतिक्रिया