रोल्पा-१ मा नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन विजयी
काठमाडौं । रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन विजयी भएका छन् । नेकपाका उम्मेदवार वर्षमान पुनले २७ हजार ४६० मत प्राप्त गर्दै विजयी भएका हुन् ।
त्यस्तै, प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. सुदनकुमार वलीले १२ हजार ८ मत पाएका छन् । रास्वपा बालराम थापाले १० हजार ८९४ नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९३३ मत पाएका छन्। नेकपा माओवादीका चुडामणि वलीले ३ हजार ७१४ पाएका छन् ।
रोल्पामा १ लाख ४९ हजार ५ सय ९७ मतदाता रहेका थिए । जसमा ६८ हजार ७७६ अर्थात ४६.३९ प्रतिशत मत रोल्पामा खसेको थियो । ६५ हजार ६३२ मत सदर हुँदा ३ हजार १४४ मत बदर भएको छ ।
क्याटेगोरी :
राजनीति



















प्रतिक्रिया