यी हुन् ५० हजार कटाउने रास्वपाका ७ उम्मेदवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ७ उम्मेदवारले ५० हजारभन्दा बढी मत ल्याएका छन् । रास्वपाका कैयौँ उम्मेदवार विशाल मतान्तरका साथ निर्वाचित भएका छन् भने कैयौँले निरन्तर अग्रता बढाइरहेका छन् ।
अहिलेसम्म निर्वाचित भएकामध्ये २० हजारभन्दा बढी मतान्तरको जित हासिल गरेका रास्वपाका उम्मेदवारबारे यहाँ चर्चा गरिएको छ ।
सबैभन्दा धेरै मत झापा-५ बाट वरिष्ठ नेता बालेन शाहले पाएका छन् । बालेनले ६८ हजार ३ सय ४८ मत पाएका छन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् । एमाले अध्यक्ष ओलीले भने १८७२४ मत प्राप्त गरे । उनीहरूबीच ४९, ६१४ मतको अन्तर रहेको छ ।
सबैभन्दा धेरै मत चितवन क्षेत्र नम्बर ३ बाट सोविता गौतमले पाएकी छन् । गौतमले ५९ हजार २७७ मत पाएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रेनु दाहाललाई ३८ हजार ६ सय ६२ मत अन्तरले हराइन् । रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याइन् ।
यसैगरी रुपन्देही ३ मा डा। लेखजंग थापाले ५८ हजार ८१४ मतसहित जित हात पारे । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत पाए ।
यसैगरी ५० हजारभन्दा बढी मतसहित विजयी हुने रास्वपाका अर्का उम्मेदवार हुन् सुलभ खरेल । उनी रुपन्देही २ बाट ५६ हजार ५५० मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नेता विष्णु प्रसाद पौडेलले १२ हजार ८६१ मत पाए । पौडेल ४३ हजार ६८९ मत अन्तरले पछि परे ।
मोरङ क्षेत्र नम्बर ६ बाट रुविना आचार्य पनि ५० हजार भन्दा बढी मतसहित निर्वाचित भएकी छन् । उनले ५५ हजार ५१३ मत पाएकी छन् । उनले कांग्रेस नेता डा। शेखर कोइरालालाई हराइन् । डा। कोइरालाले १२ हजार ८५० मत पाए । उनीहरुबीचको मत अन्तर ४२ हजार ६६३ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि ५० हजार भन्दा बढी मतले विजयी भएका छन् । रविले चितवन क्षेत्र नम्बर २ बाट ५४ हजार ४०२ मतसहित विजयी भएका हुन् ।
उनले नेपाली कांग्रेसका उम्मेदवार मीना खरेललाई ३९ हजार ८३८ मतअन्तरले हराए । मीना खरेलको पक्षमा १४ हजार ५६४ मत पाएकी छन् ।
यसैगरी काभ्रे क्षेत्र नम्बर २ बाट निर्वाचित बदन कुमार भण्डारी पनि ५० हजार भन्दा बढी मत पाएर निर्वाचित हुने रास्वपा उम्मेदवारको सूचीमा छन् । भण्डारीले ५३ हजार ३४४ मत पाएका छन् । उनका निकतम प्रतिस्पर्धी कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत पाए । भण्डारी र आचार्यबीचको मत अन्तर ३५ हजार ४७६ छ ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया