Techie IT
Samayabaddha
आईतबार, २४ फागुन, २०८२

रास्वपाले समानुपातिकतर्फ १३ लाख २९ हजार मत कटायो, कांग्रेस र एमालेको कति ?


काठमाडौं । देशभरको मतगणना परिणामअनुसार, हालसम्म रास्वपाले १३ लाख २९ हजार २८२ मत प्राप्त गरेको छ । याे कुल समानुपातिक मतकाे ५०.१५ प्रतिशत हाे । हालसम्म समानुपातिकतर्फ २६ लाख ५० हजार ७७८ मत गणना भइसकेकाे छ।

त्यस्तै, नेपाली कांग्रेसले समानुपातिकतर्फ हालसम्म ४ लाख ५४ हजार ९७५ मत प्राप्त गरेको छ भने नेकपा एमालेले ३ लाख ६५ हजार २०६ मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले १ लाख ७६ हजार ६६१ मत प्राप्त गरेको छ ।


क्याटेगोरी : राजनीति


प्रतिक्रिया


ताजा अपडेट