२७ क्षेत्रको नतिजा आउन बाँकी, १८ मा रास्वपाको अग्रता
काठमाडौं । २७ क्षेत्रको नतिजा आउन बाँकी छ । जसमध्ये १८ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिइरहेका छन् ।
हालसम्मको नतिजामा रास्वपाले १०७ सिट जितिसकेको छ । यसबाहेक कांग्रेसको १५, एमालेको ७, नेपाली कम्युनिस्ट पार्टीको ६, राप्रपाको १, श्रम संस्कृतिको १ र स्वतन्त्र एक जनाले चिवार्चन जितेका छन् ।
गत बिहीबार भएको निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रमा समानुपातिक तर्फको मतगणना सुरु भएको छ । समानुपातिकतर्फको मतगणनामा पनि रास्वपाको आग्रता रहेको छ ।
विघटित प्रतिनिधिसभामा रास्वपा चौथो दल थियो । यो पटक स्पष्ट एकल बहुमतको रुपमा अगाडि आएको छ । विघटित प्रतिनिधिसभामा पहिलो दोस्रो र तेस्रो दल रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट यसपटक निकै खुम्चिएका छन् ।
रास्वपा बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेर चुनावमा होमिएको थियो । बालेन काठमाडौं महानगरमा निवर्तमान मेयर हुन् । २०७९ सालका स्वतन्त्र उठेर काठमाडौंको मेयरको चुनाव जितेका बालेन यसपटक मेयर पद छाडेर प्रतिनिधिसभाको चुनावमा होमिएका हुन् ।
उनै बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेको रास्वपाले एकल सरकार बनाउने गरी बहुमत पाएको हो ।
बालेन आफैँ झापा(५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । उक्त क्षेत्र विगतमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्दै आएको क्षेत्र हो ।
२०४८ सालदेखि झापामा सदाबहार उम्मेदवारको रूपमा रहेका ओलीलाई रोकेर बालेन झापा-५ बाटै निर्वाचित भएका छन् ।
बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले पूर्वप्रधानमन्त्री ओलीलाई पराजित गरेका हुन् । एमाले अध्यक्ष ओलीले भने १८ हजार ७३४ मत प्राप्त गरे । उनीहरूबीच ४९ हजार ६१४ मतको अन्तर रहेको छ ।
क्याटेगोरी : राजनीति



















प्रतिक्रिया